राप्ती नदीमा बगेर वेपत्ता युवककाे शव तीन दिनपछि फेला

देउखुरी । राप्ती नदीमा माछा मार्ने क्रममा बगेर वेपत्ता भएका रामचरण चाैधरीकाे शव तीन दिन पछि फेला परेको छ ।

 

ईलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराती करिब २ बजेको चाैधरीकाे शव फेला पारेकाे राप्ती गाउँपालिका बडा नं ३ का बडाध्यक्ष उमेश अधिकारीले बताए ।

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयाका ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार माछा मार्ने क्रममा राप्ती नदिमा बगे बेपत्ता भएका थिए । चाैधरीकाे शव  गढवा गाउँपालिका १ जेठानगाउँको राप्ती नदीघाटमा बेपत्ता चौधरीको शब फेला परेको हाे ।

तपाईको प्रतिक्रिया