झरिमा पनि नरुकेकाे सरसफाइ अभियान

देउखुरी । श्रावणकाे महिना । झमझम पानी परिरहेकाे छ । पानीको कुनै प्रभाह नमानी एक हुल युवा हातमा हसिया, खुर्पा लगायतका आैजार लिएर सडकमा निस्किन्छन् । उनिहरूले सडक किनारामा रहेकाे फाेहर तथा झाडी सफाई सुरू गर्छन् ।

 

राप्ती गाउँपालिका २, लालमटियामा रहेकाे युनाइटेड लालमटिया युथ क्लवका सदस्यहरू सरसफाइमा जुटेका हुन् । क्लवका अध्यक्ष पुर्ण वहादुर रखालकाे नेतृत्वमा रहेका करिव ५० युवाहरूले कालिका चाेकदेखि बराखुट्टी चाेकसम्म सडक किनारा सफाई गरेका हुन् ।

वर्षा सुरू सँगै सडक किनारमा झाडी बडेका र सवारी साधनबाट फालिएका फाेहरका कारण लालमटिया चाेक लगायत वरपर फाेरह भएकाे हुदा सडक किनारा सरसफाइ अभियान सुरू गरेकाे क्लवका सचिव अनिल पाैडेलले बताए । साथै सचिव पाैडेलले क्लवले श्रावण २६ गतेदेखि प्रथम स्व. किशोर पुन (वने दाई) स्मृती कपमा फुटवलकाे आयाेजना गर्ने समेत बताए ।

 

तपाईको प्रतिक्रिया