आर्थिक नोक्सानी भोगेका लमहीका होटल व्यवसायीलाई सहयोग

 

 

देउखुरी । लमही होटल व्यवसायी समितिले होटलमा चोरी हुँदा आर्थिक नोक्सानी भोगेका व्यवसायीलाई सहयोग गरेको छ ।

साउन १९ गते राती लमही नगरपालिका–३ मा शिशिर रेष्टुरेन्ट एण्ड कटेजमा चोरी भएको थियो । चोरी हुदा ४० हजार बरावरको आर्थिक नोक्सानी भोगेका होटल सञ्चालक रेशमबहादुर वलीलाई पाँच हजार सहयोग गरिएको होटल व्यवसायी समितिका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो ।

अध्यक्ष भुसाल सहित उपाध्यक्ष सुमित्रा भट्टराई, सचिव राजेन्द्र पाण्डे, कोषाध्यक्ष श्यामबहादुर कुवर, सहसचिव बावुराम खनाल लगायतको सहभागीता थियो । ‘चोरीका घटना बढ्दै गएका छन् । निगरानी गर्न प्रहरी र स्थानीय सरकारलाई अनुरोध पनि गरेका छौं । समस्यामा परेका व्यवसायीलाई थोरै भएपनि मल्हम लगाउन सहयोग ग¥यौं’अध्यक्ष भुसालले भन्नुभयो,‘व्यवसाय सुरक्षा पहिलो प्राथमिकता बन्नुपर्छ ।’

तपाईको प्रतिक्रिया