पश्चिम दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्युको भएको छ । सोमबार बिहान ५ बजेतिर सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका-७ मामाघरमा आएका १६ वर्षिय मनोज वलीको मृत्यु भएको हो । उनलाई गराइच नामक सर्पले घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान १ बजेतिर टोकेको थियो ।
उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको भएपनि ती किशोरको उपचारको क्रममा सोमबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया