सिसहनियाँमा स्कुल बसमा स्कुटी ठोक्किदा एक जना घाइते

देउखुरी । दाङको देउखुरीमा स्कुल बसमा स्कुटी ठोक्किदा एक जना घाइते भएका छन् ।

 

सोमबार बेलुका ४ः४८ बजे राप्ती गाउँपालिका ५ सिसहनियाँमा स्कुल बसमा स्कुटी ठोक्किदा सकुटर चालक घाइते भएका छन् । पुर्वबाट आएर पुर्व मोडिन लागेको रा १ क ५८८ नम्बरको लिटिल एन्जल्स स्कुल भालुवाङको बसमा पश्चिमबाट पुर्व तर्फ गइरहेको रा ४ प १३९३ नम्बरको स्कुटी ठोक्किदा स्कुटी चालक घाइते भएका हुन् ।

स्कुटीमा सवार २ जना मध्ये चालक त्रिवेणी गाउँपालिका ५ रूकुम पश्चिम निवासी २६ वर्षिय सुरज खड्का घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक जीवन केसीले जानकारी दिएका छन् ।

घाइते खड्काको बायाँ खुट्टा भाँचिएको र उनको सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । स्कुल बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया