विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् ।

 

वुधबार उनले एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको निराशाजनक परिणाम आएपछि उनले राजीनामा दिएका हुन् ।

‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ, उनले लेखेका छन्, गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।

तपाईको प्रतिक्रिया