विपद् सुचना प्रणालीमा पहुँच बढ्दै

दाङ–लुम्बिनी प्रदेशका स्थानीय तहलाई विपद् पोर्टल सगँ जोड्न थालिएको छ । सबैखाले विपद्को सूचना संकलन र व्यवस्थापन गर्ने उद्देश्ले विपद् पोर्टल निर्माण गरिएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन संग जोडिएका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न कार्यशाला समेत सञ्चालन गरिएको छ । विपद् पूर्व तयारी परियोजनाः शहरी विपद् तथा भुकम्पीय पूर्व तयारी परियोजना अन्तरगत विपद् सुचना व्यवस्थापन प्रणालीको तालिम आयोजना गरिएको छ ।

 

आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय, संघीयस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय, यूएनडिपी, यूनिसेफ, यूएनवुमनको नेतृत्व, नेपाल रेडक्रस सोसाइटी, सिडिएम नेपाल इयूइसिएचको आर्थिक सहयोगमा विपद् सुचना ब्यावस्थापन प्रणाली तालिम सञ्चालन गरिएको हो । तालिमको मंगलबार आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका सचिब लालबावु कवारीले गरे । सचिब कवारीले स्थानिय पालिकाले योजना तर्जुमा गर्दा बिपद् पोर्टलको उपयोग गर्नु पर्ने बताए । पोर्टलका तथ्यांङ्कहरु आवधिक योजना जोखिम नक्साकन बिपद् पूर्व तयारीका लागि सान्दर्भिक हुनु पर्ने कुरामा जोड दिए ।

सुरक्षा निकाय तथा मन्त्रालयमा बिषयगत क्लष्टरको प्रतिकार्य दस्ताबेज बनेको छ । प्रदेश स्तरमा मनसुन प्रतिकार्य योजना बिपद्को रणनितिक योजना बनाउन सहयोग र सहभागिता भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा बिपद्मा निरन्तर रुपमा ३ र ७ नम्बर वडामा चारसय जना भन्दा बढी स्वंयमसेबक उत्पादन गरेको छ । यस अघि पनि प्रदेशलाइ प्रभावकारी बनाउन क्षमता अभिबृद्धी गर्न बिपद् सम्बन्धि तालिम, बैठक कार्यशाला, भुकम्म सम्बन्धी धेरै ज्ञानभएका गतिबिधि सञ्चालन भएका थिए ।

सुपर कार्यक्रमले प्रदेश स्तरमा बिषयगत क्षेत्रलाइ प्रभावकारी बनाउन सबैको सहयोगमा लुम्बिनि प्रदेशका मन्त्रालयहरुदेखि स्थानिय तहहरु सरोकारवालाहरु पत्रकारहरुको संयुक्त रुपमा कार्यक्रम भइरहेको सुचना ब्यवस्थापन अधिकृत राज कुमार घिमिरेले जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तब्य सुपर कार्क्रमका कोर्डिनेटर सुबास ज्ञवालीले गरेका थिए । कार्यक्रम उद्येश्यमा माथी प्रकास पार्दै सृजित शर्माले बिपद् पोर्टलको बारेमा प्रकाश पारे । युथ इनोभेसन ल्यावका प्रशिक्षक प्रयोन जोशी लगायतले सहजिकरण गरे । कार्यक्रममा ब्यबस्थापकिय ससिराज बेल्बासेले गरे ।

कार्यक्रमलाई युनिसेफका प्रतिनिधि सुबास ज्ञवालीले सञ्चालन गरेका थिए । कार्यक्रममा प्युठान, दाङ, कपिलबस्तु, रुपन्देही, रोल्पा, अर्घाखाँची गरि ६ जिल्लाको गरि ३५ जिल्लाको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया