रोल्पाका ‘डबल एम्पुटी’ पूर्व गोर्खा सैनिक हरि बुढा मगरले चढे सगरमाथा

भूतपूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगरले शनिबार अपरान्ह विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको उनको आरोहण व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ।

 

हरि बुढामगर तथा चार जना अन्य शेर्पाहरु शनिबार दिउँसो ३ बजेर १० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेको उनको आरोहण व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ।

hari budha magar (1)1684598109.jpg

सन् २०१० मा अफगानिस्तानमा एक विष्फोटमा परी दुवै गोडा गुमाएका उनी सगरमाथा आरोहण गर्ने दुवै घुँडाभन्दा माथि गोडा गुमाएका (डबल एम्पुटी अबोभ नी) पहिलो व्यक्ति हुन्।

उनी ब्रिटिश राजकुमार ह्यारीका मित्र पनि हुन्। उनको आरोहण टोलीले हरि अहिले सगरमाथाको आधार शिविरतर्फ फर्किरहेको जनाएको छ।

hari budha magar (4)1684598108.jpg

सगरमाथातर्फ प्रस्थान गर्नुअघि हरिले खास गरी अपांगहरुले पनि सामान्य व्यक्ति सरह जुनसुकै काम गर्न सक्छन् भन्ने पुष्टि गर्न आफूले सगरमाथा आरोहण गर्न लागेको बताएका थिए।

पाँच वर्ष पहिले पनि सगरमाथा आरोहण गर्ने तयारी गरेका हरिले नेपाल सरकारले लगाएको प्रतिबन्धका कारण सगरमाथा आरोहण गर्न पाएका थिएनन्। पछि सर्वोच्च अदालतले उक्त प्रतिबन्धलाई बदर गरि दिएपछि उनको सागरमाथा चढ्ने बाटो खुलेको थियो।

hari budha magar (5)1684598108.jpg

‘कनक्वेरिङ्ग ड्रिम्स’ नाम दिइएको उनको आरोहणबाट गोर्खा वेलफेयर ट्रस्ट लगायत विभिन्न कल्याणकारी संस्थाहरुको लागी सहयोग जुटाउने बताइएको छ।

hari budha magar (3)1684598107.jpg

रोल्पाको मिरूल गाउँमा जन्मिएका ४३ वर्षीय हरि बेलायतको क्यान्टरबरीमा आफ्नो परिवार सहित बस्छन्। उनले यस अघि मोँ ब्लाँ, मेरा पिक, बेन नेभिस, किलिमन्जारो जस्ता हिमालहरू चढिसकेका छन्।

hari budha magar (2)1684598107.jpg

(तस्बिरहरु साभार: हरि बुढा मगरको फेसबुक पेजबाट)

तपाईको प्रतिक्रिया