रुकुम केन्द्रविन्दु भएर भूकम्प

 

 

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आइतबार बिहान २ः५९ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।

पछिल्लो समय देशको पश्चिमी क्षेत्रमा भूकम्पका धक्काहरु बढ्न थालेका छन्। बाजुराको बिछ्याँ केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।

तपाईको प्रतिक्रिया