डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले मंगलबार डिजेल र मट्टीतेल प्रतिलिटर १०/१० रुपैयाँका दरले मूल्य घटाएको हो।

 

भारतबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। तर पेट्रोल, हवाई इन्धन र एलसी ग्यासमा भने मूल्य यथावत राखिएको छ।

डिजेल र मट्टीतेलमा घटेको मूल्य मंगलबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।

345736299_1681795595607019_8672627117886022187_n1684248172.jpg

 

तपाईको प्रतिक्रिया