केन्द्र बौलाए प्रदेश पनि बौलाउनु पर्नेः सभामुख घर्ती

देउखुरी । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले केन्द्र बौलाए प्रदेश पनि बौलाउनु पर्ने अवस्था रहेको हुदा प्रदेशहरु स्वयत्त नहुने हो भने संघीयताको आवश्यकता नहुने बताएका छन् ।

 

लुम्बिनी प्रदेशसभाबाट सम्पादित कार्यहरुको समिक्षा तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घर्तीले प्रदेश सभा स्वायत्त हुनै पर्ने होइन भने संघियता आवश्यक नहरेको र संघिय सरकारले जे—जे गर्छ, प्रदेश सरकारले पनि त्यही—त्यही गर्नुपर्ने अवस्था संघीयता हुनै नसक्ने दावी गरे ।

‘केन्द्रमा सरकार ढले प्रदेशको सरकार ढल्नुपर्ने, केन्द्रमा संसद बिघटन हुँदा प्रदेशमा पनि संसद बिघटन हुने परिपार्टी संघीयता हुन नसक्ने बताए ।’ उनले भने ‘केन्द्रमा केपी वलीको सरकार ढल्दा लुम्बिनीमा शंखर पोख्रेलको सरकार ढल्नुपर्ने, केन्द्रमा प्रचण्डले दुई पटक विश्वासको मत लिदा लुम्बिनीमा पनि लिला गिरीले दुई पटक विश्वासको मत लिनु पर्ने अवस्था छ ।’

सुरक्षा सम्बन्धि अधिकार, मुद्रा सम्बन्धि अधिकार र परराष्ट्र सम्बन्धि अधिकार मात्र केन्द्रमा रहनु पर्ने र बाँकी सबै अधिकार प्रदेशमा हुने गरी स्वयत भए मात्र संघीयता सफल हुने सभामुख घर्तीले बताए ।

प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुनको अध्यक्षता एवम् सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशसभाकी प्रवक्ता सम्झना सुवेदीले प्रदेशसभाले अहिले सम्म गरेका प्रगतिका बिषयमा प्रस्तुति राखेकी थिइन् ।

तपाईको प्रतिक्रिया