राप्ती गाउँपालिकाको कार्यालय अगाडि मोटर साइकल दुर्घटना

जगत खनाल, दाङ । लमही भालुवाङ सडक खण्डको मसुरियामा मोटर साइकल दुर्घटना हुदा ३ जना गम्भीर घाइते भएका छ्न् ।
राप्ती गाउँपालिकाकाे कार्यालय मसुरिया अगाडि करिब २:३० बजे तिर लु २७ प १५० र रा ७ प ४४९८ नम्बरको मोटर साइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख शुजन बिक्रम साहले जानकारी दिनु भएको छ ।

 

उक्त दुर्घटनामा घाइते हुनेमा गढवा गाउँपालिका वडा नम्बर २ का बिपिन शर्मा, सोही गाउँपालिका वडा नम्बर ६ का बिनय यादब र राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरियाका रितु चौधरी रहेको प्रहरी प्रमुख साहले जानकारी दिनु भएको छ ।

घाइतेहरुलाई अहिले उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया