दाङ । राप्ती गाउँपालिकाका नव निर्वाचित अध्यक्ष प्रकाश विष्टले कक्षा १० सम्मको पठनपाठन निःशुल्क बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

नयाँ आर्थिक वर्ष देखि लागु हुनेगरी सामुदायिक विद्यालयमा कक्षा १० सम्मको पठनपाठन निःशुल्क गराउने निर्णयमा हस्ताक्षर गरेका हुन ।
‘यो निर्णय साउन १ गते बाट लागु हुन्छ । विद्यालयको पठनपाठन पूर्ण निःशुल्क बनाउने अभियान अन्तरगत यो निर्णय गरेका हौं’ उनले भने ‘हामीले विद्यालयमा शिक्षक दरवन्दी, शिक्षकको तलवभत्ता लगायत विद्यालयको भौतिक सुधारमा बजेट विनियोजन गर्नेछौं । जुन कार्यक्रम आउदो असार १ गते बाट लागु हुने छ ।’

स्वास्थ्य तर्फ महत्वपूर्ण निर्णय भएको छ । प्रस्तावीत भालुबाङ अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीमा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी आकस्मीक सेवा सञ्चालन गर्ने निर्णय भएको छ । जुन सेवा २४ घण्टा खुला हुने छ । एक जना एमडिजीपी डाक्टरलाई दरबन्दीमा राखेर गाउँपालिकाले स्वास्थ्य तर्फ निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको हो । ‘आउदो वर्षको बजेटमा सबैकुरा समेट्ने छौं । हामीले साउनबाट यो सेवा दिने छौं’उहाँले भन्नुभयो–‘पैसा नभएर पढ्न पाएन, पैसा नभएर उपचार गर्न पाएन भन्ने जुन समस्या छ । त्यसको अन्त्य गर्ने पहिलो जिम्मेवारी हो ।’

यसै उपाध्यक्ष कमलापती चाैधरीले पदबहाली गर्दै न्यायिक समितिको संयाेजककाे नाताले कुनै पनि पुर्वाग्रह नराखी सेवा दिने प्रतिवद्धता व्यक्त गर्नु भयाे ।
यसैगरी नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा पदबहाली कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उपाध्यक्ष कमलापती चौधरी सहित वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराए । गाउँपालिकाकाे वडा नं ३ का अध्यक्ष उमेश अधिकारीले शुक्रबार नै पदभार गरेका छन् भने बाकी ८ वटा वडाका वडा अध्यक्षले साेमबार मात्र पदभार ग्रहण गर्ने छन् ।

तपाईको प्रतिक्रिया