प्रस्तावित भालुवाङ अस्पताल ५० सैया बनाउने प्रक्रिया अघि बढ्यो

 

 

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा ५० सैयाको अस्पताल निर्माणको प्रक्रिय अघि बढेको छ ।

राप्ती गाउँपालिका वडा नं. १ मा रहेको भालुवाङ स्वास्थ्य चौकीको नाम लालमटिया स्वास्थ्य चौकी कायम गरि ५० सैयामा स्तरोन्नती गरी प्रदेश सरकार मातहत रहने गरि सञ्चालनको प्रक्रिया अघि बढेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउदै भालुवाङ स्वास्थ्य चौकीको नाम परिवर्तन गरी लालमटिया स्वास्थ्य चौकी कायम गरी ५० शैयामा स्तरोन्नती गरी प्रदेश सरकार मातहतमा संञ्चालन गर्ने जनाएको छ ।

निक साइमन इन्सिच्यूटको प्राविधिक सहयोगमा प्रस्तावित भालुवाङ अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ ।

प्रस्तावित भालुवाङ अस्पतालमा सेवाका लागि राप्ती गाउँपालिका र निक साइमन इन्सिच्यूटको विचमा साउन १८ गते भएको चार वर्षे सम्झौता अनुरुप एमडी जनरल फिजिसियन डा. तिलक बाबु घिमिरेको नेतृत्वमा प्रस्तावित अस्पतालमा सेवा दिइरहेका छन् ।

प्रदेश राजधानीमा ५० सैयाको अस्पताल सञ्चालन हुने प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यस अस्पताल निमार्णसँगै देउखुरीवासी लाई मात्र नभएर रोल्पा, प्युठान र अर्घाखाँचीका केही क्षेत्र बासिन्दाले समेत सहज र सरल उपचार सेवा पाउने बताए ।

 

तपाईको प्रतिक्रिया