नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण

जगत खनाल । स्थानिय तह निर्वाचन २०७९ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालय राप्ती गाउँपालिकाले प्रमाणपत्र प्रदान गरेको छ ।

 

निर्वाचन अधिकृत हेमराज अर्यालको अध्यक्षतामा भएको एक कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । राप्ती गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश बिष्ट, उपाध्यक्ष कमलापती चौधरी, ९ वटै वडाध्यक्षहरु, र सम्पूर्ण निर्वाचित सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको हो ।

राप्ती गाउँपालिकाका कार्यकारी अधिकृत शोभाराम रिजालको संचालन गर्नुभएकोे कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, निवर्तमान उपाध्यक्ष जगदम्बा कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया