घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि गठबन्धनलाई हराउँदै एमालेका चौधरी निर्वाचित

दाङ । दाङको घाेराही उपमहानगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुखमा दाेस्राे कार्यकालका लागि गठबन्धनलाई हराँउदै एमालेका नरूलाल चाैधरी निर्वाचित भएका छन् ।

 

पाँच दलिए गठबन्धनलाई हराउँदै नेकपा एमालेले नगरप्रमुख र उपप्रमुखसहित १३ वडामा विययी भएकाे छ ।

चाैधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुख उम्मेदवार हेमराज शर्मा (डायमण्ड) लाई ५ हजार ३ सय ६० मतले पछि पार्दै निर्वाचित भएका छन् ।

चाैधरीले ३१ हजार ७ सय २८ मत ल्याएर नगरप्रमुखमा  निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेकपा माओेवादीका शर्माले २६ हजार ३ सय ६८ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा हालका उपनगरप्रमुख भुपबहादुर डाँगीलाई हराउदै चाैधरी निर्वाचित भएका थिए ।

उपनगरप्रमुखमा एमालेकै हुमा डिसी ४९ मतले निर्वाचित भएकी छिन् ।   डिसीले ३० हजार ४ सय ३ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका भुपबहादुर डाँगीले  ३० हजार ३ सय ५४ मत ल्याए ।

तपाईको प्रतिक्रिया