दाङबाट काठमाडौं जाने यात्रुलाई नेपालगञ्ज लिएर अलपत्र पार्ने सीता एयरमाथि छानबिन

दाङबाट काठमाडौं जाने यात्रुलाई नेपालगञ्ज लिएर अलपत्र पार्ने सीता एयरमाथि छानबिन अघि बढाइएको छ।

 

चैत १५ गते सीता एयरको जहाजले दाङबाट काठमाडौं जाने केही यात्रुलाई नेपालगञ्ज विमानस्थल लगेर छाडेको थियो। त्यसपछि उक्त जहाज अर्को गन्तव्यमा उडेको थियो।

यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गम्भीर ध्यानकर्षण भएको जनाउँदै छानबिन प्रक्रिया अघि बढाएको बताएको छ।

सीता एयर प्रालिले मिति २०७९/१२/१५ मा दाङबाट काठमाडौं जाने यात्रु लिई नेपालगन्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ’, प्राधिकरणले सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ।

 

तपाईको प्रतिक्रिया