स्कुल बसको ठक्करबाट सिसहनियाँमा शिक्षक बुढाथोकी घाइते

 

 

देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा स्कुल बसको ठक्करबाट एक जना शिक्षक घाइते भएका छन् ।

घाइते हुनेमा राप्ती गाउँपालिका ८ पिपरी निवासी ४८ वर्षिय भेषबहादुर बुढाथोकी रहेका इलाका प्रहरी कार्यालय सिसहनियाँले जनाएको छ । घाइते बुढाथोकी ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया र दिपज्योती माध्यमिक विद्यालय सिसहनियाँका शिक्षक हुन् ।

बुधवार विहान ५ बजेर ३० मिनेटमा पुर्व देखि पश्चिम जाँदै गरेको रा १ क १०३५ नम्बर रोजी बड्स बालबाटिका माध्यमिक विद्यालको बसले दक्षिणबाट पुर्व मोडिने क्रममा रा ३ प ५०३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक बुढाथोकी घाइते भएका हुन् ।

घाइते बुढाथोकीको बायाँ हात भाचिनुको साथै करङमा गहिरो चोट लागेको छ । घाइते बुढाथोकीलाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया