लमही महोत्सवमा आज बुधवार चर्चित गायक रामजी खाँड आउँदै

 

 

देउखुरी – देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको सातौँ दिन आज, बुधबार लोक तथा दोहोरी गीतका बहुचर्चित गायक रामजी खाँड आउने भएका छन् ।

गायक खाँडसँगै सृजना खत्री, नारायणी खत्री, ढाकाराम पौडेल, अनुप बुढा, दीपक वर्मा लगायतको प्रस्तुति रहने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिए ।

खाँड लोक दोहोरी क्षेत्रमा कुनै बेला एकक्षत्र राज गर्ने गायक मध्ये एक हुन । खाँड संगै कुशल कार्यक्रम प्रस्तोता ढाकाराम पौडेलको पनि प्रस्तुति रहने भएको छ, भने पछिल्लो समयकी चर्चित मोडेल नारायणी खत्रीको पनि प्रस्तुति रहने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिए । सिर्जना खत्री, अनुप बुढा मगर र दीपक वर्माको पनि रमाइलो प्रस्तुति रहेको व्यवस्थापक बुढाथोकीले बताए ।

मेला माघ २५ गतेसम्म रहनेछ ।

तपाईको प्रतिक्रिया