मा वि मौरिघाटमा वित्तीय साक्षरता अभियान तथा सचेतना कायक्रम सम्पन्न

 

 

अरुण पौडेल ।
देउखुरी । राप्ती गाउँपालिका वडा नम्वर ४ स्थित माध्यमिक विद्यालय मौरिघाटमा मंगलबार वित्तीय साक्षरता अभियान तथा सचेतना कायक्रम सम्पन्न भएको छ । लघुवित्त कर्मचारी मंञ्च देउखुरी दाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ का करिब १ सय ३० विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो । नेशनल लधुवित्त बित्तीय संस्था लिमिटेड जलुकेको शाखा प्रमुख केशवराज पोख्रेलको अध्यक्षता तथा माध्यमिक विद्यालय मौरीधाट शिक्षक बासुदेव रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा २६ वटा लघुवित्तको सहयोग रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिर्थी बासुदेव रिजालले विद्यार्थीले यस प्रकारको शिक्षाबाट भविष्यमा लघुवित्त वित्तीय संस्थासंग कारोबार गर्दा सहज हुने बताए । उनले वित्तीय साक्षरता कार्यक्रम गर्न माध्यमिक विद्यालय मौरीघाटसंग सहकार्य गरेकोमा लघुवित्त कर्मचारी मंञ्च लाई धन्यवाद ज्ञांपन समेत व्यक्त गरे ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफा नोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने र विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो ।

कार्यक्रममा विद्यार्थी, किशोर किशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निणर्य लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय सचेतना मूलक अभियानको मुख्य उद्देश्य रहेको र आगामी दिनमा कार्यक्षेत्र भित्र व्यापक रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने योजना बनाएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाका शाखा प्रमुख सन्तोष पौडेलले बताए ।

लघुवित्तको इतिहास, बिकास क्रम र यसको हालको अबस्थाको बारेमा किसान लधुवित्त बित्तीय संस्था लिमिटेड नर्तीका शाखा प्रमुख चेतराज जैसीले जानकारी गराएका थिए । त्यसैगरी वित्तीय साक्षरतामा रहेर बचत भनेको के हो ? बचत किन गर्ने ? कसरी गर्ने ? लगाएतका बिषयमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नर्तिका शाखा प्रमुख रिसुलाल चौधरीले साक्षर गराएका थिए ।

कर्जा सूचना केन्द्र तथा कालोसुचीको बारेमा नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड लालमटियाका शाखा प्रमुख रण बहादुर चन्दले जानकारी गराएका थिए ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाका शाखा प्रमुख शिला जिसीको स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रमको संचालन उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाका शाखा प्रमुख सन्तोष पौडेलले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया