आयल निगमले घटायो इन्धनको मूल्य, पेट्रोल–डिजेल लिटरमा ३ रुपैयाँ सस्तो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ।

 

यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ३० रुपैयाँले घटाएको छ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत् राखेको छ।

खाना पकाउने ग्यासको मूल्य यसअघि जस्तै प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ कायम रहेको निगमले जनाएको छ।

मूल्य घटेपछि पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १७० रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य १.४२० अमेरिकी डलर प्रतिलिटर कायम भएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया