
सत्ता साझेदार दलहरुबीच प्रदेशको भागबण्डामा सहमति जुटेको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा प्रदेशको भागबण्डाबारे सहमति जुटेको हो।
सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार गठन हुनेछ। यस्तै, कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनेछ।
बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ। मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ।
लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री
लुम्बिनी प्रदेश एमालेको भागमा परेसँगै एमालेका संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने भएका छन् ।
एमालेबाट मुख्यमन्त्री बन्न लागेका गिरी यसअघि प्रदेश मन्त्री भइसकेका छन्। शंकर पोख्रेल नेतृत्वको सरकारमा उनले करिब ३ वर्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
गिरी रुपन्देही २(१)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया