लमही निर्माण व्यवसायी संघ गठन, अध्यक्षमा नवराज केसी चयन

देउखुरी । लमही नगरपालिकामा क्रियाशील निर्माण व्यवसायी सङ्गठित भएका छन् ।

 

शनिबार लमहीमा सम्पन्न भेलाले नवराज केसीको अध्यक्षतामा ११ सदस्यीय लमही निर्माण व्यवसायी संघ गठन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा गिरिराज बिष्ट, प्रथम उपाध्यक्षमा रेशम केसी, उपाध्यक्षमा शरदकुमार भण्डारी, महासचिव कल्याण अधिकारी, सचिवमा मुक्तबहादुर जिसी, कोषाध्यक्षमा नवराज रिजाल र सदस्यहरूमा पलबहादुर वली, मुकेश केसी, शेषकान्त आचार्य, ओमप्रकाश बस्नेत रहनु भएको छ । सल्लाहकारहरूमा सुरेश शाह, निर्मल अधिकारी, मधु थापा रहनु भएको छ ।

सहदेव सुनारको अध्यक्षतामा बसेको भेलाले निर्माण व्यवसायीलाई पर्ने समस्याहरूको समाधान साझा ढंगले गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया