कार्यदलले शीर्ष नेताहरूलाई बुझायो न्यूनमत साझा कार्यक्रमको मस्यौदा

काठमाडौं । सत्ता साझेदार दलहरुको न्यूनमत साझा कार्यक्रम मस्यौदा गर्न गठित समितिले आफ्नो अन्तिम मस्यौदा शीर्ष नेतालाई बुझाएको छ।

 

कार्यदलले सत्ता साझेदार दलहरूका संयोजक केपी शर्मा ओली प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल लगायतलाई शनिबार साँझ बालुवाटार गएर मस्यौदा बुझाइएको हो। यसअघि शुक्रबार मात्रै कार्यदलले मस्यौदालाई अन्तिम रुप दिएको थियो।

न्यूनमत साझा कार्यक्रम तयार गर्न पुस १४ गते गठित कार्यदलको संयोजक उपप्रधान तथा अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल थिए।

अन्य सदस्यहरुमा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, राप्रपाका धवल शमशेर जबरा र जसपाका रकम चेम्जोङ थिए।

तपाईको प्रतिक्रिया