सर्वहितका व्यवस्थापक चौधरीले पत्रकारलाई डायरी र कलम दिएर जन्म दिन मनाए

 

 

देउखुरी । दाङमा एक सहकारीकर्मीले आफ्नो ३१ औं जन्म दिन फरक तरिकाले मनाएका छन् ।

राप्ती गाउँपालिका ५ पहरूवा निवासी सर्वहित बचत तथा ऋण सहकारी संस्था मौरीघाटका व्यवस्थापक शिशिर चौधरीले राप्ती प्रेस मञ्चमा आवद्व पत्रकारहरूलाई आज एक कार्यक्रमको आयोजना गरि आफ्नो जन्म दिनमा डायरी र कलम उपहार दिएर जन्म दिन मनाएका छन् ।

जन्म दिन मनाउने नाममा भोजभतेर गर्ने, केक काट्ने तथा फजुल पैसा खर्च गरेर साथीभाईहरूलाई पार्टी दिने संस्कारको अन्त्य गर्न आफुले पत्रकारहरू मार्फत सहि संदेश जावस भन्नका लागि जन्म दिन फरक तरिकाले बनाएको चौधरीले बताएका छन् ।

जन्मोत्सव कार्यक्रममा राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, प्रथम उपाध्यक्ष बासुदेव न्यौपाने, दोस्रो उपाध्यक्ष जमिर शाह, महासचिव ओमप्रकाश गुप्ता र सचिव बलराम शाही(भिसुन) को सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया