
देउखुरी । दाङको राप्ती गाउँपालिकामा बुधवारदेखि राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन कार्य शुरु हुने भएको छ ।
पहिलो चरणमा राप्ती गाउँपालिकाको वडा नम्वर १,२,४,६,७,८ र ९ बाट विवरण संकलनको कार्य शुरु गर्न लागेको हो । भने बाँकी वडाहरु ३ र ५मा दुई तीन दिन भित्रै विवरण संकलन गरिने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए ।
राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन कार्य शुरु गर्न मंगलबार जिल्ला प्रशासन कार्यलय दाङको आयोजना तथा राप्ती गाउँपालिकाको सह आयोजनामा राप्ती गाउँपालिकाको सभा हल मसुरियामा अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा बोल्दै अध्यक्ष विष्टले राष्ट्रिय परिचपत्र निर्माण जस्तो महत्वपूर्ण कार्यमा कोही पनि नछुट्ने गरी विवरण टिपाई राज्यलाई सहयोग गर्न अनुरोध गरेका छन् । अध्यक्ष विष्टले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकलाई हरेक सरकारी कामकाजमा सहजता हुने भएकाले सकभर कोही पनि नछुट्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया