दशरथ घिमिरे

दाङ–प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । जेष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनीप्रस्तुत गरेको सप्रस्ताव सदनले पारित गरेको हो ।
यही नियमावलीको आधारमा प्रदेश सभाले आफ्ना गतिविधिहरु अघि बढाउने छ । यस अघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशत भन्दा बढी संसोधन गर्नुपर्ने भएपछी नयाँ नियमावली बनाइएको प्रदेश सभा सचिव दुलर्भकुमार पुनले जानकारी दिए । ‘सिकाई र अनुभवका आधारमा नियमावली संसोधन गर्नुपर्ने भयो । पुरानो नियमावली संसोधन गर्दा ५० प्रतिशत भन्दा बढी गर्नुपर्ने देखिएपछी नयाँ बनाइएको हो’पुनले भने,‘प्रदेश सभाको सबै गतिविधि यही नियमावलीको आधारमा हुन्छ ।’
अर्काे बैठक माघ ३ मा
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ । पहिलो अधिवेसनको दोस्रो बैठक सकिएपछी अध्यक्षता ग्रहण गर्नु भएका जेष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन ।
अव सभामुख र उपसभामुख चयनको लागी प्रदेश सभामा बाटो खुलेको छ । पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अन्तरगत राजनीतिक दलहरुको विचमा सहमतीको प्रयास गरिने र सम्भवतः आउदो बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया