दाङ–लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसन बसेकाे छ। दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेसन बसेकाे हाे ।

सोमवार दुई वटा बैठक बस्ने छ । पहिलो बैठकमा प्रदेश सभाको अधिवेसन आह्वान सम्वन्धि पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाएका छन । प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गरेका छन । उनले पदेश सरकारले पाँच बर्षकाे अवधिमा गरेका कामहरुकाे बारेमा नयाँ संसदलाई जानकारी दिएका छन ।
पहिलो बैठक सकिएकाे छ । अब साढे २ बजे दाेस्राे बैठक बस्ने छ । दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्ताव गर्ने छन् । यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूचि रहेको छ ।
प्रदेश सरकार मन्त्रीपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको अधिवेसन आह्वान गरेका थिए । यो अधिवेसनपछी सभामुख र उपसभामुख चयनको लागी बाटो खुल्ने छ ।
पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया