दाङ-लुम्बिनी प्रदेश सभाले आफ्नै संरचनामा सपथ ग्रहण गराउने तयारी सबै पुरा भएको छ । दिउँसो १ बजे सपथ राखिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनकाे स्वागत, सलामी र त्यसपछि सपथ हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते साेमवार प्रदेश अधिवेशन अाह्वान गरेका छन । जसकाे अघिल्लो दिन आइतबार सपथ ग्रहण राखिएको छ । ८७ जना प्रदेश सभा सदस्यकाे लागि नव निर्मित सभा भवनले पर्खिएकाे छ ।
पाँच कराेड २० लाखकाे लागतमा भवन निर्माण गरिएको छ । प्रत्यक्ष तर्फ ५२ र समानुपातीक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ ।
एमाले २९ सदस्य सहित सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रीक समाजवादी ३, राष्ट्रिय जनमोर्चा एक, नेकपा एकिकृत समाजवादी एक, स्वतन्त्र ३ जना रहेको छन् ।

तपाईको प्रतिक्रिया