गुल्मी जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बुटवल । गुल्मीमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

 

ईलाका प्रहरी कार्यालय रिडिका अनुसार गएराती करिव २ बजे सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकबाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जीप कुढडाँडामा दुर्घटना हुँदा चार जनाको घटना स्थल मै र एक जनाको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।

मृत्यु हुने सबै कुतडाडाका रहेका छन् । बाटोमा मृत्यु हुने एक जनाको नाम खुलेको छैन ।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी , ४७ वर्षका रनबहादुर सिंजापती , बर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख सइ कृष्णप्रसाद आचार्यले जानकारी दिएका छ्न ।

तपाईको प्रतिक्रिया