लुम्बिनी प्रदेशमा महिला उम्मेदवारः प्रारम्भिक मत परिणाममा पछाडि

बासुदेव न्यौपाने,

 

लुम्बिनी प्रदेशमा प्रमुख दलबाट उम्मेदवार बनेका महिला उम्मेदवारहरु प्रारम्भिक मत परिणाममा कमजोर देखिएका छन् ।

लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट २ जना कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाबाट १/१ जना महिला उम्मेदवारहरु चुनावी मैनदामा रहेका छन् ।

उम्मेदवार रहेका मध्ये माओवादीबाट दाङको क्षेत्र नम्बर २ मा रेखा शर्माले मात्रै अग्रता लिएकी छिन् । रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेललाई सुरुदेखि नै पछाडी पारेकी छिन् । जारी मतगणना अनुसार शर्माले १० हजार ५ सय ६० मत पाउँदा उनका निकट प्रतिस्पर्धी एमालेका महासचिव पोखरलले ८ हजार ६ सय ४७ मत पाएका छन् ।

रेखा शर्मा बाहेक नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँकी, उपसभामख तथा कांग्रेस नेतृ पुष्पा भुसाल, एमाले नेतृ शान्ता चौधरी र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल भने मत परिमाणमा पछि परेका छन् ।

शान्ता चौधरीः दाङको क्षेत्र नम्बर १ मा एमालेबाट उम्मेदवार बनेकी शान्ता चौधरी सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका शहरी विकास मन्त्री तथा एकिकृत समाबादीका मेटमणी चौधरीसँग प्रतिस्पर्धामा छिन् । जारी मतपरिमाण अनु्सार शहरी विकास मन्त्री चौधरीले २ हजार ९ सय ७६ मत पाएका छन् भने एमाले नेतृ चौधरीले २ हजार १ सय ११ मत ल्याएर उनलाई पछाई रहेकी छिन् ।

शान्तासँगै यस क्षेत्रबाट एमाले परित्याग गरेकी गंगा चौधरी, राष्ट्रिय प्रजातन्त्रकी लिली बुढाथोकी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मणि चौधरी पनि प्रतिस्पर्धामा रहेका छन् ।

कोमल वलीः कोमल वली दाङको क्षेत्र नम्बर ३ मा एमालेको तफाएबाट उम्मेदवार बनेकी छिन् । कांग्रेसका दिपक गिरीसँग चुनावी प्रतिस्पर्धामा रहेकी कोमल वली पछाडी परेकी छिन् । वलीले ४ हजार ५ सय ६ मत ल्याएकी छिन् भने कांग्रेसका दिपक गिरीले ५ हजार ६ सय ९३ मत ल्याएर लिड गरिरहेका छन् ।

दुर्गा पौडेलः एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा सत्तागठबन्धनको तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि पछाडी परेकी छिन् । प्युठानमा एमालेका सूूर्य थापाले ११ हजार ९ सय ६३ मत पाउँदा पौडेलले ८ हजार ४ सय ६२ मत पाएकी छिन् ।

पुष्पा भुसाल: एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा उपसभामुख तथा कांग्रेस नेतृ पुष्पा भुसाल चुनाबी मैदानमा रहेकी छिन् । भुसाल एमाले सचिव टोपबहादु्र रायमाझिसँग अर्घाखाँचीमा चुनाबी प्रतिस्पर्धामा छिन् । जारी मत परिमाण अनुसार भुुसाल पनि पछाडी परेकी छिन् । एमालेका सचिव रायमाझिले १४ हजार ४ सय ३३ मत ल्याएर लिड गरिरहेका छन् भने भुसालले १२ हजार २ सय ८५ मत ल्याएकी छिन् ।

रामकुमारी झाँकीः गुल्मीको क्षेत्र नम्बर २ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेकी रामकुमारी झाँकी एमालेका गोकर्ण विष्टसँग चु्नाबी प्रतिस्पर्धामा रहेकी छिन् । झाँकी पनि एमालेका विष्टसँग पछाडी परेकी छिन् । एमालेका विष्टले १२ हजार ४ सय ३७ मत प्राप्त गर्दा झाँकी १० हजार ३ सय ८५ मत ल्याएकी छिन् ।

तपाईको प्रतिक्रिया