एमाले अध्यक्ष ओलीको जित सुनिश्चित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको छ ।

 

मत गनिसक्नुअघि नै ओलीको जित सुनिश्चित भएको हो । ओलीका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी सुरूवात देखि नै ओलीको मत भन्दा दोब्बर बढी मतले पछाडि हुनभयो।

यो समाचार तयार पार्दासम्म ओलीले ४८ हजार ९ सय ४६ मत पाउनु भएको छ भने उहाँका निकट्तम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २२ हजार ६ सय २८ मत पाएका छन् । उहाँहरुबीचको मतान्तर नै २६ हजार भन्दा धेरै रहेको छ । जबकि गन्न बाँकी मत  ९ हजार भन्दा कम रहेको छ ।

यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया