दाङका तीनबटै क्षेत्रमा मतगणना सुरु भएको छ ।

दाङ क्षेत्र नं. १ मा एक लाख ३४ हजार ७ सय ३३ मतदाता मध्ये ८० हजार ७ सय मत खसेको थियो । क्षेत्र नं. १ को लमही नगरपालिकाको हलमा मतगणना सरु भएको छ ।
दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेकी शान्ता चौधरी, हाम्रो नेपाली पार्टीकी गंगा चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक लगायतका उम्मेदवार छन् ।
त्यसैगरी दाङ क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यको मतगणना दिउँसो साढे १२ बजेदेखि सुरु भएको छ ।
क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो । क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।
क्षेत्र नं. २ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रेखा शर्मा, एमालेबाट शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विशाल अधिकारी चुनाबी मैदानमा छन् ।
त्यसैगरी दाङ क्षेत्र नं. ३ को पनि मतगणना सुरु भएको छ । बिहान साढे १० बजेदेखि मतगणना सुरु हुने भनिएता पनि अपराह्न १२ बजेदेखि मतगणना सुरु भएको हो ।
भू–संरक्षण कार्यालयमा मतगणना भैरहेको छ । दाङ क्षेत्र नं. ३ मा एक लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ९० हजार १ सय ५० मत खसेको थियो ।
यस क्षेत्रबाट दिपक गिरीको प्रारम्भिक अग्रता रहेको छ । गिरीले ४१ मत प्राप्त गर्दा कोमल वलीले ३१ मत प्राप्त गरेकी छन् ।
यसैगरी अस्थायी मतदान केन्द्र कारागार कार्यालय तुलसीपरमा १ सय ३६ र अस्थायी मतदान केन्द्र कारागार कार्यालय घोराहीमा १ सय ११ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया