
दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ ।
लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।
राप्ती गाउँपालिका वडा नं १ भालुवाङ स्थित स्वर्गद्वारी प्राथमिक तथा गृहणीमहिला आधारभूत विद्यालयको मतदान केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले विरोध जनाएपछि त्यसको समाधान कसरी निकाल्ने भन्नेबारे छलफल चलिरहेको छ ।
दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेकी शान्ता चौधरी, हाम्रो नेपाली पार्टीकी गंगा चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक लगायतका उम्मेदवार छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया