राप्ती -४ मा आगलागी, करिब ७ लाख बराबरकाे क्षति

देउखुरी । दाङको देउखुरीमा एक घरमा आइतबार दिउँसो आगलागी भएको छ ।

 

राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलगाडाँ स्थित राजेश थापाकाे घर र कुखुरा फर्ममा आगलागी भएको हो ।

राप्ती गाउँपालिका वडा नं ४ का वडाध्यक्ष वीर बहादुर चाैधरीका अनुसार दिउँसो २:३० बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागी हुँदा घर र कुखुरा फर्म जलेर पुर्णरूपले नष्ट भएको छ ।

आगलागीबाट १८ क्वईन्टल धान र घरभित्र रहेकाे लत्ताकपडा, अन्नपात, कागजपत्र गरि करिव ६ देखि ७ लाख बराबरको क्षति भएको वडाध्यक्ष चाैधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया