गृहमन्त्रीविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय

 

 

काठमाडौं– निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध परेको उजुरी तामेलीमा राख्ने निर्णय गरेको छ।

गृहमन्त्री खाणविरुद्ध आयोगमा बहुविवाह गरेको भन्दै उजूरी परेको थियो। नेपाली कांग्रेसका तर्फबाट रुपन्देही–३ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका खाणविरुद्ध बहुबिवाह गरेको भन्दै उजूरी परेको थियो।

आयोगले उजुरी तथ्यपरक नभएको र क्षेत्राधिकार बाहिर रहेको भन्दै तामेलीमा राखेको जनाएको छ। बहुविवाहको मुद्दा गृहमन्त्रालय अन्तर्गत पर्ने जनाउँदै तामेलीमा राख्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ।

गृहमन्त्री खाणका दुईवटा श्रीमती दिलमाया खाण र मञ्जु खाण रहेको भन्दै आयोगमा बहुविवाहको उजुरी परेको थियो। खाणले उम्मेदवारी दर्ता गर्दा दिलमायाको नाम उल्लेख गरेका थिए।

मञ्जु खाण भने कांग्रेसबाट समानुपातिक उम्मेदवार बनेकी छन्।

तपाईको प्रतिक्रिया