अपाङता भएका ब्यक्तिका लागि मतदाता शिक्षा

 

 

निरला अर्याल
दाङ । पश्चिम दाङका अपाङता भएका ब्यक्तिहरुका लागि मतदाता शिक्षाको अभिमुखिकरण भएको छ ।

लोकतान्त्रिक अपाङ संघको आयोजनामा शान्तिनगरको सभा हल बैसामा अभिमुखिकरण गरिएको हो । संस्थाका रजनी शाहको अध्यक्षतामा मतदाता शिक्षा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेतले दिनु भएको थियो ।

अपाङता भएका ब्यक्तिका लागि मतदान केन्द्रमा मतदानमा गरिने विशेष ब्यबस्था, मतपत्र, मतदान गर्ने तरिका, मतदानका लागि केन्द्रमा पुग्ने समय, मतदान गर्ने सहयोगी वारेसे प्रतिको बिश्वास, मत बदर हुन नदिने तरिका लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

अभिमुखिकरणमा महिला पुरुष लगायत गरि ५० जना अपाङता भएका ब्यक्तिको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया