
दाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै दाङमा तीन दिनसम्म सार्वजनिक सवारीसाधनमा रोक लगाइएको छ । मंसिर १ गते देखि ३ गतेसम्म हरेक दिन साँझ ६ बजेदेखि अर्को दिन विहान ६ बजेसम्मका लागि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
प्रशासनले आज एक सूचना प्रकाशन गरी निर्वाचनको सन्दर्भमा समाजमा डर, त्रास एवं भय सिर्जना गरी निर्वाचनको शान्तिपूर्ण वातावरण बिथोल्ने जस्ता कार्य हुन सक्ने भएकाले मंसिर १ गतेदेखि ३ गतेसम्म रातीको समयमा सार्वजनिक सवारीसाधन आवागमनमा रोक लगाइएको हो । निर्वाचनको दिन भने निर्वाचन आयोगबाट जारी भएको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ बमोजिम हुने व्यहोरा जारी सूचनामा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया