
मंसिर ४ को प्रतिक्षा सबैतिर छ । कस्ले निर्वाचन जित्छ, कस्ले हार्छ एउटा तहमा बहश होला तर, निर्वाचनमा मुद्धा र बिषयले महत्वपूर्ण स्थान पाउछ । यसै सन्दर्भमा दाङ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका शान्ता चौधरीले आफ्नो उम्मेदवारी अनुभुती हुनेगरी निर्वाचन क्षेत्रको मुहार फेर्न चाहेको बताउनु भएको छ । निर्वाचन पेरीफेरीमा रहेर चौधरीसँग हाम्रो लुम्बिनी न्युजको टिमले गरेको कुराकानीको सारसंक्षेप(सम्पादक ।)
निर्वाचन त नजिकै आयो । चुनावी प्रचारप्रसार अभियान कसरी अघि बढेको छ ?
निश्चय पनि निर्वाचन हाम्रो सामु आइसकेको छ । मतदाता माझ जाने, उहाँहरुको कुरा सुन्ने र हाम्रा एजेण्डाहरु बताउने कुरा चलिरहेको छ । घरभेट गर्ने काम चलिरहेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदानमा सहभागी हुन आह्वान गर्दै चुनावी प्रचार अभियान व्यापक बनिरहेको छ । पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, सुवेच्छुकहरु, सर्वसाधारण नागरिक हामी सबै निर्वाचनमा होमिएका छौं ।
चुनावी माहोल कस्तो छ ?
आफ्ना जनप्रतिनिधि चयन गर्न मतदाता आतुर रहेको पाएको छु । मतदाताले परिवर्तन चाहनु भएको छ । विकास, समृद्धि, शुसान, भष्ट्राचार मुक्त सेवा प्रशासनको अपेक्षा छ । मतदाताको अपेक्षा र हामीले अवलम्बन गरेको राष्ट्रिय नीतिले मेल खाएको छ । शुसासन, विकास, समृद्धि र समानता हाम्रो मुल मर्म हो । यही मर्मका आधारमा हामीले पाँच बर्षे घोषणापत्र सार्वजनिक गरेर अभियानमा छौं । चुनावी माहोल एमालेको पक्षमा छ । त्यो सधैं कायम रहनेछ ।
चुनावमा मुख्य के एजेण्डा लिएर जानु भएको छ ? त्यो एजेण्डाले जनातको समस्याको प्रतिनिधत्व गर्छ त ?
हामीले अघि सारका चुनावी एजेण्डा एमालेको मात्रै एजेण्डा होइन, त्यो आम नेपाली जनातको एजेण्डा हो । समृद्ध नेपाल, सुखी नेपालीको भावना अनुसार काम गर्नेगरी हामीले केन्द्र र आफ्नो निर्वाचन क्षेत्र स्तरीय प्रतिबद्धता पत्र तयार पारेका छौं । स्वस्थ, सुन्दर, प्रदेश राजधानी सहितको, हाम्रो शहर, सुखी नेपाली, समृद्ध नेपाल, नेकपा एमालेको रहर भन्ने मुख्य नारा अबलम्बन गरेका छौं । आगामी ५ बर्ष भित्र समाजको आर्थिक, समाजिक, राजनीतिक तथा साँस्कृतिक क्षेत्रको विकास गरी समाजलाई रुपान्तरण गर्दै देशलाई समृद्ध बनाउने तथा जनतालाई सुखी तथा खुशी बनाउने ठोस आधार तयार पार्नेछौं । समाजको शैक्षिक स्तर बृद्धि र स्वस्थ समाजको निर्माण गर्ने, समाजलाई रुपान्तरण र आर्थिकरुपले सवल(मजवुद) हुनका लागी सक्रिय जनशक्तिहरुलाई उद्यमी बनाई देशको उत्पादकत्वमा वृद्धि गर्ने हाम्रो अभियान रहने छ ।
अहिलेको मुख्य समस्या भनेको बेरोजगारी समस्या छ । यो समस्या बनाउन हामीले योजनाबद्ध रुपमा कार्यक्रमहरु ल्याउनछौं । स्वेदेशमै रोजगारी, स्वदेशमै पसिना बगाउन पाउने अवसर सृजना हुने छ । हाम्रो उद्देश्यमा सबै बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्राप्त गराउने नीति निर्माण गरी आगामी ५ वर्षमा यस क्षेत्रका शैक्षिक गुणस्तरमा सुधार गर्दै हालको शैक्षिक उपलब्धीमा ५० प्रतिशत बृद्धि गर्ने रहेको छ । यस क्षेत्र भित्रका बासिन्दाहरुलाई स्वस्थ राख्नका लागि आवश्यक पर्ने योग, ध्यान, व्याम सहितको जनचेतनामूलक कार्यक्रम, आवश्यक पूर्वाधार, जनशक्ति र बजेट विनियोजन कार्यलाई उच्च प्राथमिकतामा राखी नीति निर्माण तथा सरकार संचालन गर्ने, सक्रिय जनशक्तिलाई उद्यमी बनाई, रोजगार तथा स्वःरोजगार मार्फत प्रतिव्यक्ति आय बृद्धि गर्ने रहेको छ ।
प्रदेश राजधानी कार्यान्वयनको बिषय हाम्रो मुख्य रणनैतिक बिषय हो । पार्टीका महासचिव शंकर पोख्रेल मुख्यमन्त्री भएको बेला, उहाँकै नेतृत्वमा राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेशको राजधानी तोकियो । अव त्यो राजधानी कार्यान्वयनको जिम्मेवारी हामी उठाउन चाहन्छौं । राजधानीले यहाँ थुप्रै अवसरहरुको सृजना गरेको छ । राजनीतिक रुपमा हामी बलियो हुन सकेनौं भने यहाँ तोकिएको राजधानी कार्यान्वयन नहुन पनि सक्छ । सरकारको नेतृत्व एमाले बाहेक अरुको हातमा पुग्यो भने राजधानी कार्यान्वयन जटिल बन्न सक्छ । त्यस कारण राजधानी कार्यान्वयन, यहाँका थुप्रै सवालहरुको निवारणको लागी सूर्य ध्वजा बहायक उम्मेदवारको विजय हुन जरुरी छ । यो कुरा मतदाताले बुझ्नु भएको छ भन्ने लागेको छ । सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको बृद्धि विकासको लागी हामीले काम गर्ने छौं ।
मुक्त कम्लरी कमैयाहरुको लगत लिन छुट रहेकालाइ लगत संकलनगरी उनिहरुको शिक्षा तथा रोजगारीको व्यवस्था गर्न नीति निर्माणगरी कार्यान्वनयमा लग्नेछौं । म आफै १८ बर्ष अर्काको घरमा कम्लरी बसेको हुँ । सबै पिडा थाहा छ । संसदमा रहदा सधैं आवाज उठाईरहे । कमैया, कम्लरी तथा पछाडी परेको समुदायको राज्यको मुलधारमा पहुँच पुग्नुपर्छ भनेर आवाज उठाउदै आएको छ । जसको प्रतिफल अहिले सुधारन्मुख देखिन्छ । तर, पनि यत्तिमै सन्तुष्ट हुनुपर्ने अवस्था भने छैन् ।
स्वास्थ्यमा पनि थुप्रै समस्याहरु छन् । ति समस्याहरु क्रमस समाधान गर्दै लग्ने योजना छ । तत्काल गर्नुपर्नेमा सिकलसेल र एनेमियाको उपचारलाई निःशुल्क गर्दै स्वास्थ्य निकायहरुमा २४ घण्टे स्वास्थ्य सेवा कार्यान्वयन गर्नेछौं । हाल नेपाल सरकारद्धारा ७९ वटा औषधीहरु निःशुल्क उपलब्ध गराउने राष्ट्रिय नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ भने लमही अस्पतालमा रहेको १५ शैयाको अस्पतालाई बिशेषज्ञ सेवा सहितको १०० शैयाको अस्पतालको रुपमा स्तरबृद्धि गर्न र सोही स्थानमा रहेको ट्रमा सेन्टरको निर्माण कार्य तिब्र बनाई सिघ्र सञ्चालनको व्यवस्थापन गरिने छ । गढवा र लमहीको सर्पदंश सेवा केन्द्रको विशेषज्ञ सहितको स्तरोन्नती गर्ने, गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गर्ने र सुत्केरी सेवा प्रदान गर्न वडा तहमा प्रजनन केन्द्रको स्थापना गरिने छ । गढवा, सिसहनिया, राजपुरमा सञ्चालीत स्वास्थ्य चौकीहरुको स्तरबृद्धिगरी ५० शैयाको अस्पताल निर्माण गर्ने छौं । खानेपानी तथा सरसफाई तर्फ एक घर एक धारा राष्ट्रिय नीतिलाइ प्रभावकारीरुपमा कार्यान्वयन गर्न यस क्षेत्रमा बाँकी रहेका खानेपानी आयोजना सम्पन्न गर्ने योजना रहने छ ।
कृषि तर्फ कृषि तथा पशुपन्छी क्षेत्रमा निर्भर सबै किसानहरुका लागि मल, विउविजन, किटनाशक औषधी तथा कृषि औजारहरुमा ५० प्रतिशत अनुदानको व्यवस्था गरि कृषकको लागत परिमाण लाई सुलभ बनाईनेछ, युवा वर्गलाई कृषि पेशामा आकर्षित गर्नका लागि युवा कृषि कार्यक्रम संचालन गरिनेछ । एक प्रदेश एक मल कारखाना स्थापनाका लागी केन्द्र संग जोडदार माग गर्नेछौं ।
भूमिहिन किसानलाई भूमिको मालिक बनाउने योजना छ । बसोवासको आधारमा जग्गाको लालपुर्जा वितरण हुन्छ । संवैधानिक भूमि आयोग मार्फत सबैखाले भूमिको समस्या समाधान गर्नेछौं । नाका क्षेत्रमा सन्तुलित विकासका योजनाहरु अघि सार्ने संकल्प गरेका छौं ।
चुनावको बेलामा भोटको लागी जे पनि भन्ने प्रवृत्ति छ ? तपाईले भनेका सबै कुरा पुरा हुन्छन् त ?
म कुरा गर्नका लागी मात्रै निर्वाचनमा होमिएको छैन् । म यो क्षेत्रको मुहार फेर्न चाहन्छु । त्यही भएर म निर्वाचनमा उम्मेदवार बनेको छु । गर्न नसकिने कुरा बोलिदैन, जनतालाई झुठो आश्वासन बाड्दीन तर, गर्न सकिने काम सबै मेरा एजेण्डा हुन । देउखुरी उपत्यकामा पर्ने राप्ती नदी र अन्य खोलाहरुमा बृहत तटबन्ध गरेर बस्ती बसाउने योजना छ । लेखेर राख्नुहोस, म जे बोलेको छु । चुनाव जीतेपछी पुरा गर्ने अभियानमा रहनेछु ।
निर्वाचन जित्ने गतिलो आधार के हो ?
चुनाव जीत्ने गतिलो आधार भनेकै मतदाताको मत हो, मतदाताले मतदान गर्नुभयो भने जीत हार त्यहाँ हुने छ । म प्रति मतदाताको ठूलो भरोसा छ । त्यो भरोसानै मेरो चुनाव जित्ने आधार हो । अर्काे आधार भनेको पार्टी हो, संगठन हो । सबै नागरिकहरुको सहयोगनै चुनाव जित्ने गतिलो आधार हो ।
अन्त्यमा केही भन्नैपर्ने कुरा छन् की ?
हामी अहिले चुनावी अभियानमा छौं । मतदाताको घरमा पुगीरहेका छौं । मेरो अनुरोध के छ भने एमालेले अघि सारेका एजेण्डा कस्ता छन् ? कस्ले देशको विका गर्न सक्छ यि र यस्ता बिषयमा स्वतन्त्र ढंगको विश्लेषण पनि हामी चाहन्छौं । मंसिर ४ को दिन अनिवार्य मतदातनमा सहभागी हुन अपिल गर्दछु ।

तपाईको प्रतिक्रिया