
दाङ । दाङमा एक युवकले श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन् ।
घोराही उपमहानगरपालिका–१३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकामगरले ३७ वर्षीया श्रीमती निरु रोकाको हत्या गरेपछि आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
मानसिक रोगका विरामी नवीन रोकालाई उपचारका लागि विहिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि दुवै जना आफन्तको घरमा बास बसेका थिए । दुवैजना शुक्रबार बिहान मृत फेला परेका थिए।
डीएसपी गौतमका अनुसार राति सँगै सुतेका नवीनले निरुको घाँटी थिचेर हत्या गरेपछि आफू अर्को कोठामा गएर झुण्डिएर आत्महत्या गरेका थिए।
घरायसी विवाद हत्याको कारण हुनसक्ने प्रहरीको अनुमान छ । दुवैजनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया