एमालेको चुनाबी भेला पिपरिमा सम्पन्न, विभिन्न दल परित्यागगरि एमाले प्रवेश गर्नेलाई स्वागत

जगत खनाल
दाङ-नेकपा एमाले राप्ती गाउँ पालिकाको चुनाबी भेला पिपरिमा सम्पन्न भएको छ ।

 

राप्ती गाउँ पार्टी संगठन कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य रेवतिरमण शर्मा हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा अमृत नेपालि लगायतका व्यक्ति विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको सचीव भरतमणि न्यौपानेले जानकारी दिनुभयाे । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा सूर्य चिन्हका उम्मेदवार लाई जिताउन जस्तो सुकै त्याग गर्न निर्देशन दिइएको छ ।

प्रमुख अतिथि केन्द्रिय लेखा आयोगका सदस्य रेवतिरमण शर्माले एमालेले चुनाव जिते देशमा समृद्धिकाे यात्रा सुरु हुने बताउनु भयाे । कार्यक्रममा अनुशासन आयोगका सदस्य सरस्वती गौतम, लुम्बिनी प्रदेश समानुपातिक उम्मेदवार रेखा शर्माले सम्बोधन गर्नु भएको थियाे ।

उक्त कार्यक्रमको संचालन संगठन कमिटी सचीव भरतमणी न्यौपानेले गर्नु भएको थियाे ।

तपाईको प्रतिक्रिया