दाङ १ मा मंगोल नेशनल अर्गनाइजेशनको प्रतिवद्धता पत्र सार्वजनिक

 

 

भालुवाङ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को दाङ क्षेत्र नं. १ मा मंगोल नेशनल अर्गनाइजेशनले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

मंगोल नेशनल अर्गनाइजेशनले शुक्रवार लालमटियामा पत्रकार सम्मेलनको आयोजना गरि चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो।

मंगोल नेशनल अर्गनाइजेशनका लुम्बिनी प्रदेश सल्लाहकार तथा दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शोभाराम बुढा, प्रदेश सभा सदस्य पदका दाङ १(१) का उम्मेदवार खुमबहादुर गाहा मगर र समानुपातिक उम्मेदवार खुपिराम थापा मगरले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

तपाईको प्रतिक्रिया