समानुपातिक बन्दसूचीबाट ५५० को उम्मदवारी खारेजीमा

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक तर्फ उम्मेदवारी दिएका ५ सय ५० जनाको नाम बन्दसूचीबाट हटाएको छ।

 

दलहरूले बुझाएको बन्दसूचीमा स्थानीय तहमा उम्मदेवारी दिएका र खर्च विवरण नबुझाएर कारबाहीमा परेका, उमेर नपुगेका लगायतको उम्मेदवारी खारेजी भएको आयोगले बताएको छ।

‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५ सय ५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको छ,’ आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया