काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि करिब ६ हजार जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाको १ सय ६५ र सात वटा प्रदेश सभाका ३ सय ३० वटा सीटका लागि कुल ५ हजार ९ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
प्रतिनिधिसभाको १ सय ६५ सीटका लागि हालसम्म २ हजार ५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए ।
त्यस्तै प्रदेशसभातर्फ ३ सय ३० सीटका लागि ३ हजार ४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया