प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी

 

 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट दिएको प्रतिनिधि सभा सदस्यको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।

प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लले निर्वाचन अधिकृतको कार्यलयमा सोमबार उजुरी दर्ता गराएका छन्। मल्लले देउवाको नागरिता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति देखिएको भन्दै देउवाको उम्मेदवारी रद्ध गर्न माग गरेको छन् ।

देउवाको नागरिकतामा २००३ जेठ ३१ भएता पनि मतदाता नामावलीमा भने २००२ जेठ ३१ रहेको छ ।

आयोगले मल्लको उजुरी दर्ता गर्दै यसबारे छानबिन गरेर निर्णय गर्ने बताएको छ। कुनैबेला प्रधानमन्त्री देउवाकै स्वकीय रहेका मल्ल पछिल्लो समय उनीविरुद्ध राजनीतिमा उत्रिएका छन्। कांग्रेसको १४औं महाधिवेशनको क्रममा देउवा पक्षको विरुद्धमा डडेलधुरामा आन्दोलन नै गरेका मल्ललाई साधारण सदस्य समेत नरहने गरि कांग्रेसले कारबाही गरेको थियो।

त्यसपछि नेपाली कांग्रेस बीपीतिर लागेका मल्लले देउवालाई चुनौति दिँदै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। मल्ललाई एमालेले समर्थन गरेको छ।

 

तपाईको प्रतिक्रिया