गंगाराम भट्टराई एक नाम मात्रै होइन, देउखुरीको सृजनात्मक विकासको सम्भावना र आधार हुन् !

दशरथ घिमिरे
देउखुरी । गंगाराम भट्टराई दाङ देउखुरीका लागि एउटा नाम मात्रै हाेइन, ब्राण्ड बनिसकेकाे छ । सामाजिक क्षेत्रमा निकै सक्रिय गंगाराम भट्टराई अहिले निर्णायक राजनितीक यात्रामा अघि बढ्नु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भट्टराई मंसिर ४ गते हुदै गरेको प्रदेश सभा सदस्य प्रत्येक्ष निर्वाचनमा दाङ क्षेत्र नम्बर १(१) को प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । राजनैतिक नेतृत्व बाट समाज विकास, सुशासन, पारदर्शिता, जवाफदेहीता, सेवाप्रवाहमा चुस्तता कायम गराउदै लुम्विनी प्रदेश राजधानी ब्यवस्थापन तथा अविलम्व कार्य सम्पादन संचालनकालागी उहाँको उम्मेदवारी हो ।

 

 

भट्टराई को हुन् ?
बुवा इश्वरीराज उपाध्याय र आमा सीता देवि भट्टराईको कोखबाट वि.सं.२०३६ साल बैशाख १७ गते प्यूठानमा जन्मिनु भएका भट्टराईले ११ वर्षको कलिलो उमेरमा बुवा गुमाउन पुग्नु भयो । बुवाको निधन पछि भट्टराईको परिवारले निकै दुःख भोग्नु पर्याे । कक्षा ७ मा पढ्दापढ्दै भट्टराई कामको खोजिमा भारत पस्नु पर्याे । आफु भन्दा मुनिको बहिनी र आमाको ख्याल गर्नुपर्ने अर्काे जिम्मेवारी पनि थियो । दोहोरो जिम्मेवारीलाई काँधमा बोकेर भट्टराईले बाल्यकालमा समेत परिपक्व र दिर्घकालिन सोच लिइ आफ्नो कुशल नेतृत्व भूमिका निर्वाह गर्नु भयो ।

कक्षा १० सम्मको यात्रा यस्तै चल्यो । भर्ना हुने समयमा काममा भारत जाने, परीक्षा दिन घर आउने, भर्ना हुने फेरि भारत जाने क्रम चलिरह्यो । भारतमा काम गर्दा धेरै दुःख कष्ट भोग्नु पर्याे । तर, भट्टराई यति बेलासम्म काम सिकिसकेकाले कतै बिचलित हुनु परेन ।

भारतको पञ्जावमा १६ वर्षको उमेरमा सिलाइकटाइ सिकि सोही क्षेत्रको नामुद गार्मेन्ट कम्पनीमा समेत करीव दुई सय मजदुरहरुको नेतृत्व गरी मजदुर हकहितकालागि उनको राजनैतिक यात्रा समेत प्रारम्भ भयो ।
पारिवारीक जिम्मेवारीका कारण पुनः नेपाल फर्कि सिकेको सिपले प्युठान खलंगामा समाजलाई चुनौति दिदै श्रम र सिपको सम्मान गरी भट्टराई सिलाइ सेन्टरको नाममा ब्यवसायिक टेलर समेत संचालन भएको थियो ।

गरिबी के हो ? दुःख के हो ? एक छाक राम्रोसँग खान नपाउदाको पीडा र संर्घष भट्टराईलाई राम्रो सँग अनुभव छ । यस्ता सामाजिक बिभेद , अभाव र गरिविलाई उत्थानकालागि उनि सँग प्रभावकारी कार्य योजना रहेकाले यस लाई राजनैतिक नेतृत्व लिइ जनताको अवस्थामा परिवर्तन ल्याउने दौडमा लागेका छन् ।

सामाजिक योग्दान र नेतृत्व
प्यूठानबाट बसाइँसराइ गरेर २०५७ सालमा राप्ती गाउँपालिका वडा नं. ८ पिपरी आएपछी भट्टराई राजनैतीक तथा सामाजिक काममा सक्रिय हुनु भयो । साविक सिसहनिया गाविसको राजनितीक संयन्त्रमा समेत रहेर विकास निर्माणको कामलाई नजिकबाट नेतृत्व गर्ने अवसर पाउनु भयो ।

यतिमात्रै होइन सिंगो देउखुरीको आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार विकासमा उहाँले भूमिका खेल्नु भएको छ । अभियानहरुको नेतृत्व गर्नु भएको छ । नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य हुदै साविक लालमटीयाको सभापति समेतको जिम्मेवारी निभाउनु भएको छ । उति बेला उहाँको नेतृत्वमा भारतीय दुतावासबाट एम्बुलेन्स समेत प्राप्त भएको र हाल समेत सञ्चालनमा छ ।

सिसहनिया स्वास्थ्य चौकीको स्ततर बृद्दि र सेवा सुविधा थपको लागि समेत भट्टराईले लिएको पहल कदमीले सार्थकता पायो । कुनै बेला सिसहनिया स्वास्थ्य चौकीले थालेको नवजात शिशुको लागि न्यानो कपडा कार्यक्रम देशभर नमुना बन्न पुगेको हो । प्राथमिक स्वास्थ्य केन्द्र लमहीको स्तरबृद्दि गरि अस्पताल निर्माण गर्ने, लमहीमा मालपोत, नापी कार्यालय स्थापना गर्न थालिएको पहलमा समेत भट्टराई अग्र पंक्तिमा हुनुहुन्थ्यो ।

२०६९ सालमा देउखुरी उद्योग बाणिज्य संघको उपाध्यक्ष भएर समग्र देउखुरीको आर्थिक विकास, उद्योगी व्यवसायीको हकहितमा समेत समर्पित भएर लाग्नु भयो । नेपाल सरकारले गठन गरेको अव्यवस्थित वसोवास आयोगको जिल्ला अध्यक्ष समेत हुनु भएका भट्टराईले आफ्नो कार्यकालमा भूमिहिन किसानलाई जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रिया थाल्नु भएको थियो । तर, आयोग विघटन भएपछी उति बेला त्यो जिम्मेवारीले पूर्णता पाउन सकेन ।

समुदाय स्तरदेखि नीति निर्माण तह सम्म काम गरेको अनुभव भट्टराईसँग छ । सामुदायिक बन, बचत तथा ऋण सहकारीको अध्यक्ष भएर काम गर्नु भएको छ ।

लमही नगर विकास समितिको सदस्यको जिम्मेवारीमा रहेर लमही बजारको पुर्ब पश्चिम राजमार्ग चौडा गर्ने कामको अगुवाइ समेत गर्नु भएको थियो । देउखुरी सामुदायिक प्रहरी सेवा केन्द्र, देउखुरी क्रिकेट क्लवको आजिवन सदस्य समेत रही आफ्ना अनुभवलाई कार्यान्वयन तह सम्म पुर्याउन भुमिका खेल्दै आइरहेका छन् ।

एउटा गर्विलो काम, जो सधैं स्मरणीय र दर्शनिय
१० वर्ष अघि देउखुरीमा बाढिमा परेर चार जनाको निधन भएको थियो । तीन हजार बढी नागरिक बिस्थापित भएका थिए । दोलही खोलामा आएको बाढीले डुबान र कटान गरेको थियो । तत्कालीन रुपमा राहात र पुनःस्थापनको काम अघि बढ्यो ।

दिर्घकालिन रुपमा समस्या समाधान गर्न गंगाराम भट्टराईको नेतृत्वमा दोलही खोला तटबन्ध व्यवस्थापन समन्वय समिति गठन भयो । यो समितिले काम अघि बढायो । काठमाडौं मन्त्रालयमा डेलिगेसन गयो । फाइल तयार भयो । बहु वर्षिय योजना स्वृकित भयो । अहिलेसम्म करिब ५० करोड बढि बजेटबाट दोलही खोलाको दुबै किनारमा तटबन्ध भयो । दर्जनौं बस्ति सुरक्षित भए । यसको नेतृत्व भट्टराईले गर्नु भएको हो । जुन आज पनि स्मरणीय रहेको छ ।

लेखकको बारेमा
दशरथ घिमिरे

तपाईको प्रतिक्रिया