लमही नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

 

 

दाङ । लमही नगरपालिकाको कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतको बिषयलाई लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयको मुल गेटमा तालाबन्दी गरेका हुन ।

प्रमुख प्रशासकीय गेहेन्द्रबहादुर डाँगीको सरुवा भएको थियो । तर, पुनः एक महिना नबित्दै सोही नगरपनलिकामा सरुवा भएर आएपछी वडा अध्यक्ष तथा कार्यपालिका सदस्य आन्दोलित छन।

डाँगीको ठाउँमा देवेन्द्र प्रसाद श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा लमही आएका थिए । तर, श्रेष्ठले काम गरिरहेको समयमा डाँगी हाजिरी भए । जसले गर्दा वडा अध्यक्षहरु बिरोधमा छन । डाँगीलाई नस्विकार्ने भन्दै आन्दोलन चर्किएको छ ।

नगर प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगी डाँगीको पक्षमा देखिएका छन । जसले गर्दा विवाद समाधान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया