
दाङ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट नेकपा एमालेकी शान्ता चौधरीको उम्मेदवारी दर्ता गरेकी छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बीपी कांग्रेसबाट चुनाव लड्ने चर्चा चलेपछि चौधरी केही समय होल्ड बसेकी थिइन ।
कांग्रेसबाट डा पोखरेलले प्युठानमा चुनाव लड्ने तयारी गरेपनि उक्त क्षेत्र सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चाको भागमा परेको छ। त्यसपछि निर्वाचन क्षेत्र बिहीन बनेका डा पोखरेलले बीपी कांग्रेसबाट चुनाव लड्नेबारे छलफल थालेको हल्ला फैलिएको थियो ।
पोखरेलले प्युठानमा सूर्य थापालाई सघाउने गरी दाङ– १ मा उम्मेदवारी दिने चर्चा चलेको थियो । तर यो हल्लाह मात्र भएको एमालेका एक नेताले बताए । उनले भने ‘यो हल्लाह मात्र हो । दाङ १ बाट शान्ता चौधरीको उम्मेदवारी दर्ता भइसकेको छ ।
एमालेबाट प्रदेश सभामा १(क) बाट गंगाराम भट्टराई र १(ख)बाट कुलबहादुर केसीले उम्मेदवारी दिएका छन् । त्यसैगरी गठबन्धनबाट शहरी बिकास मन्त्री तथा एकिकृत समाजवादीका मेटमणी चौधरीले उम्मेदवारी तर्दा गरेका छन् भने एमालेकी गंगाा थारु सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया