राप्ती नदीमा वेपत्ता पुरूषको शव बसन्तपुरमा भेटियो

भालुवाङ । शनिबार राप्ती नदीमा बगेर वेपत्ता भएका एक पुरूषको शव फेला परेको छ ।

 

दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीमा दाउरा बटुल्न गएका सोही वडाको खुरूरीया निवासी करिव ५० वर्षका गणेश्वर चौधरीको शव आइतबार विहान १० बजे राप्ती नदीको बसन्तपुरघाटमा फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

शनिबार दिउँसो ३ः३० बजे दाउरा खोज्न राप्ती नदी तिर निस्केका चौधरी राप्ती नदीमा बगेर वेपत्ता भएपछि वेपत्ता शवको खोजी कार्य तिव्र बनाउने क्रममा आइतबार विहान शव फेला परेको प्रहरी निरिक्षक शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया