काठमाडौं । निर्वाचन आयोगले दललाई प्रदान गरिएको ‘लौरो’ चुनाव चिह्न स्वतन्त्र उम्मेद्वारको समूहलाई प्रदान नगरिने जनाइएको छ। निर्वाचन आयोगले ‘हाम्रो नेपाली पार्टी’लाई लौरो चिह्न दिएको स्पष्ट पारेको छ।

अनन्तराज घिमिरे अध्यक्ष रहेको उक्त पार्टीले लौरो चिह्न स्वतन्त्रको भएको प्रचार गरिएको भन्दै आयोगले स्पष्टिकरणसमेत माग गरेको छ।
उक्त पार्टीले लौरो चुनाव चिह्न स्वतन्त्र र वैकल्पिक चिह्न भएको भन्दै भ्रम सिर्जना गरेकाले चार बुँदे स्पष्टिकरण सोधेको छ। आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नको समूहमा नरहने र उम्मेदवारलाई प्रदान गर्न नसकिने स्पष्ट पारेको हो।
दलले प्राप्त गरेको चुनाव चिह्न स्वतन्त्र चिन्ह हो भनेर प्रचार–प्रसार गर्नु कानुन विपरीत भएको तथा मतदाता र सर्वसाधरणलाई अन्योल सिर्जना गरी स्वस्थ्य निर्वाचन प्रणालीमा प्रतिकूल असर पारेको भन्दै कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

तपाईको प्रतिक्रिया